उपत्यकामा ५९४ कोरोना संक्रमित थपिए

काठमाडौं,  काठमाडौँ उपत्यकामा मंगलबार थप ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा २६३ जना महिला र ३३१ जना पुरुषमा संक्रमण पुष्टि भएको हो।

हाल काठमाडौंमा चार हजार ८७७ जना सक्रिय संक्रमित छन् भने भक्तपुरमा ४५० र ललितपुरमा ९९२ सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ।

त्यस्तै उपत्यकामा हालसम्म ६४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जसमध्ये काठमाडौंमा ४२४, भक्तपुरमा ९६ र ललितपुरमा १२५ जना संक्रमितको मृत्यु भएको छ।पछिल्लो २४ घण्टामा देशभर एक हजार ३८२ जना कोरोना संक्रमित थपिएका छन्।