नेकपाद्धारा चर्को ब्याज असुली गर्ने वितिय संस्थालाई कारवाही

अछाम, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामले कोरोना महामारीको समयमा चर्को ब्याज अशुली गरेको भन्दै कारबाही गरेको छ ।आईतबार जिल्लाको कमलबजार नगरपालिका वडा न.६ हात्तिबाझमा निर्धन उत्थान लघुवित्तिय संस्थाले महामारीको समयमा जनताबाट सावा र ब्याज असुली गरिरहेको अवस्थामा लगिएको रकम वापतको रु २६,६३० आफ्नो नियन्त्रणमा लिएको नेकपाले जनाएको छ ।

कोरोना महामारिको वेला जनताले आफ्नो दैनिक जीवन चलाउन कठिन बनिरहेको अवस्थामा विभिन्न लघुवित्त तथा वित्तीय संस्था, बैंङ्कहरूले जनताको जनजजीवन सहज हुनेगरी राहतका प्याकेज, रोजगारी सिर्जना गर्नुको साटो जनतालाई चर्को ब्याज किस्ता असुली गरी आफ्नो शोषणकारी चरीत्र सामान्य जनताले बुझ्ने गरि देखाएको पनि नेकपाले जनाएको छ । साथै बैंक तथा वित्तीय संस्थाहरूले यस्ता कार्यहरू तत्काल नरोके कडा कारबाही गर्ने चेतावनि समेत दिएको छ ।

बैंकका कर्मचारीबाट नियन्त्रणमा लिएको उक्त रकम पत्रकार सम्मेलन गरेर सम्बन्धित जनतालाई फिर्ता गरिने नेकपा अछामले जनाएको छ ।