नेकपाका नेता योगिद्धारा आफुमाथि लगाइएका ११ आरोपको खण्डन
जाजरकोट, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जाजरकोटका जिल्ला समिति सदस्य रङ्गनाथ योगिले शिवालय गतिविधिबाट सोधिएको ११ प्रश्नको जवाफ दिएका छन् । शिवालय गतिविधिबाट सोधिएको ११ प्रश्नको जवाफ नेता योगिले आफ्नो सामाजिक सन्जालबाट खण्डन सहितको जवाफ दिएका हुन् ।
नेकपाका शिवालय गाउँपालिकाको पार्टी प्रमुख समेत रहेका योगिले विगत लामो समयदेखी आफू शिवालय गाउँपालिकाको समृद्धिको निम्ति जनताको रोहवरमा र जनताको वरिपरी रहेर काम गरेको र त्यसलाई सफल हुन नदिन केही तत्व लागीपरेको बताएका छन् । साथै उनले आफु सधैँ जनताकै पक्षमा रहेको कुरा समेत स्पष्ट पारेका छन् ।
उनले आफुलाई अनावश्यक रुपमा ठेगेदारको बिल्ला भिडाईएको र आफुसंँग निर्माण व्यवसायको कुनै इजाजतपत्र नभएको बताए ।
आफू शिवालय गाउँपालिकाको जिम्मेवार व्यक्ती भएकोले सन्तोष निर्माण सेवा खलंगाले विकाश निर्माणका दुईवटा ठेक्काका कामहरू आफुलाई जिम्मेवारी दिइएको थियो, त्यसै विषयलाई लिएर आफुलाई ठेकेदारको बिल्ला भिडाइएको र आफूसंँग कुनै पनि निर्माण व्यावसायको इजाजतपत्र नभएको स्पष्ट पार्न चाहान्छुु, उनले भने ।
त्यस्तैगरी शिवालय गाउँपालिकाको विकासका निम्ति आफू अहोरात्र खटिएर काम गरेको जनतासामु छर्लङ्ग छ । आफ्नो चरीत्र हत्या र जनतालाई अतिरन्जित पार्ने खालका क्रियाकलाप नगर्न र यस्ता खालका झुठो आरोपको भ्रत्सना समेत गरेका छन् ।