मिर्गौला पिडित नरेन्द्रलाई अल्किना बमले गरिन् आर्थिक सहयोग

सुर्खेत, मिर्गौला पिडित पुर्व लडाकु नरेन्द्र बोहोरा अभियानलाई अल्किना बम बविताले आर्थिक सहयोग गरेकी छन् । आईतबार पिडित बोहोराको धर्मपत्नि रमा बोहोरालाई स्वास्थ्य लाभको कामना गर्दै नगद रु १० हजार सहयोग गरेकी हुन् ।

कालिकोट जिल्ला नहरिनाथ गाउँपालिका ९ भाटगाउँ बस्ने बर्ष ३४ का नरेन्द्र बिगत २ बर्षदेखि दुबै बिर्गौला फेल भएर डाइलाेसिस गरिरहेका छन ।   पिडित बोहोराको अहिले भक्तपुर स्थित सानोठिमि मिर्गौला प्रत्यारोपन केन्द्रमा डायलासिस भईराखेको छ। उनको मिर्गौला प्रत्यारोपन गर्न करिब २० लाखभन्दा बढि रकम लाग्ने अनुमान गरिएको छ ।

कालिकोट जिल्लाकी स्थायी बासिन्दा रहेकी अल्किना बम बविता नेकपाको महिला नेतृ समेत हुन् । अल्किनाले बिगत लामो समयदेखि समाजसेवा गर्दै आइरहेकी छन् । वबिताले यो भन्दा अगाडि सुर्खेतमा रहेको एक बृद्धाश्रमलाई पनि आर्थीकका साथै लजेस्टीक सहयोग गरेकी थिइन् ।