कान्दाहारमा सेनाको कारबाहीमा १८ लडाकूको मृत्यु

काबुल, अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा भएको सैनिक कारबाहीमा कम्तीमा १८ जना तालिबानी लडाकूको मत्यु भएको छ ।

कान्दाहार प्रान्त विद्रोही तालिबानको गढका रुपमा चिनिन्छ ।शनिबारदेखि प्रान्तका डन्ड, जेलाई र मरुद जिल्लामा केही दिनदेखि सैनिक कारबाही जारी रहेको अफगान रक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले कारबाहीका क्रममा ठूलो मात्रामा हातहतियार र बारुदी सुरुङ समेत बरामद गरिएको बताएको छ ।