प्रहरीको पेस्तोल खोसेर तस्करले गोली चलाए
प्रकासित मिति : २०७७ मंसिर २१, आईतवार १०:४९
प्रकासित समय : १०:४९
बुटवल, बुटवलको मिलनचोकमा आइतबार बिहान गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खानगरस्थित कलश होटलमा गोली चलेको थियो।
उक्त व्यक्तिको चिउँडोमा गोली लागेको र उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएको छ । यद्यपी, घाइतेको पहिचान भने खुल्न सकेको छैन। गैंडाको खाग तस्करहरु बसिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले होटेलमा छापा मारेको थियो ।
प्रहरी टोलीलाई होटेलमा रहेका व्यक्तिले पेस्तोल खोसेर प्रहार गर्न खोज्दा एक जनालाई गोली लागेर घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले बताएका छन् । उक्त होटेलमा बसेका अन्य दुई जनालाई नियन्त्रणमा लिएको र एकजना भागेको प्रहरीले जनाएको छ ।