ओलीले भने अध्यक्ष र प्रधानमन्त्री छाड्दिनँः प्रधानमन्त्री केपी ओली

काठमाडौं, सत्तारुढ दल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष र प्रधानमन्त्री पद नछाड्ने अडान पुनः राखेका छन् । शनिबार दिउँसो बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा महाधिवेशनसम्म पार्टी अध्यक्ष र आम चुनावअघि प्रधानमन्त्री नछाड्ने प्रस्ट पारेका हुन् ।

जहाँ गएपनि म प्रधानमन्त्री पनि छाड्दिन, अध्यक्ष पनि छाड्दिन, ओलीले भनाई उदृत गर्दै एक सचिवालय सदस्यले भने यो स्थायी समिति पनि काम छैन । यसले केही काम पनि गर्न सक्दैन । शनिबार सवा ३ घण्टा बसेको सचिवालय बैठकमा पार्टीभित्रको संकट समाधानमा सहमति नजुटेपछि नेताहरुले दुवै प्रतिवेदन तल्लाका कमिटीमा लगेर छलफल गर्दै निर्णयमा पुग्ने जनाएका थिए ।प्रधानमन्त्री ओलीले ठोस प्रस्ताव, कार्यसूची र तयारी पनि नभएकाले भोलिको स्थायी कमिटी बैठक रोक्नुपर्ने बताएका थिए ।

तर, अरू सचिवालय सदस्यहरूले रोक्न नहुने र सचिवालयमा पेस भएका सबै दस्तावेज छलफल गर्नुपर्ने बताएका थिए । कुनै प्रस्ताव छैन । तयारी पनि छैन । सहमतिमा के गर्ने भन्ने पनि तय भएको छै ओलीको भनाइ उद्धृत गदै ती सदस्यले भने स्थायी कमिटी बैठक राखेर के गर्नुहुन्छ रु केका लागि बैठक चाहिएको हो । सचिवालयमा अध्यक्ष ओलीलाई साथ दिँदै आएका उपप्रधानमन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलले पनि आजको बैठकमा भने उनको प्रस्तावको पक्षमा नबोलेको एक सचिवालय सदस्यले बताए।