नेकपाको सचिवालय बैठक सम्पन्न ओली-प्रचण्डको प्रस्ताव स्थायी समितिमा लैजाने
प्रकासित मिति : २०७७ मंसिर २०, शनिबार १७:०१
प्रकासित समय : १७:०१
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सम्पन्न भएको छ । शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक करिब तीन घण्टापछि सकिएको हो ।
बैठकले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड को प्रस्ताव स्थायी समितिमा लैजाने निर्णय गरेको हो । आइतबार १ बजे स्थायी कमिटी बैठक बस्दैछ ।
प्रचण्डले एकल रुपमा २८ कात्तिकको बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेपछि प्रधानमन्त्री ओलीले १३ मंसीरमा जवाफी प्रतिवेदन पेश गरेका थिए ।