यात्रुमा कोरोना देखिएपछि हङकङद्वारा नेपाल वायुसेवालाई प्रतिबन्ध
प्रकासित मिति : २०७७ मंसिर २०, शनिबार १४:१५
प्रकासित समय : १४:१५
काठमाडौं, नेपालबाट हङकङ पुगेका ६ जना नेपालीलाई कोरोना देखिएपछि हङकङले नेपाल वायुसेवा निगमको उडानलाई फेरि रोक लगाएको छ।हङकङ पुगेका ६ यात्रुमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि हङकङले दुई साताका लागि उडानमा रोक लगाएको हो।
गत सोमबार निगमले हङकङ उडान गरेको र त्यसमा सवार यात्रुमध्ये ६ जनामा कोरोना पुष्टि भएकोले २ साताका लागि हङकङ सरकारले नेपाल वायु सेवा निगमको जहाजलाई रोक लगाएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिएका छन्।यसअघि पनि हङकङले विभिन्न समयमा उडानलाई प्रतिबन्ध लगाउँदै र खुलाउँदै आएको थियो।
हङकङले निजी ल्याबको परीक्षणलाई मान्यता नदिने भएपछि निगमले सरकारी प्रयोगशालामार्फत कोभिड १९ परीक्षण गर्दै आएको थियो। नेपालको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि मात्र निगमले उडान भर्दै आएको थियो।