नेकपा सचिवालय बैठक सुरु
प्रकासित मिति : २०७७ मंसिर २०, शनिबार १४:०७
प्रकासित समय : १४:०७
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।आजको बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् ।
बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली उपस्थित भएका थिएनन् । त्यसपछि बैठक आज बस्ने गरी स्थगन भएको थियो ।बैठकमा दुवै अध्यक्षका प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकल रुपमा २८ कात्तिकको बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेपछि प्रधानमन्त्री ओलीले १३ मंसीरमा जवाफी प्रतिवेदन पेश गरेका थिए ।
बैठकअघि प्रचण्ड र ओलीबीच छलफल भएको थियो । अध्यक्षद्वयबीच कात्तिक २५ गतेपछि पहिलोपटक वान टु वान छलफल भएको हो । उक्त भेटले पार्टीको विवाद बढ्ने भन्दा पनि समझदारीतर्फ जानसक्ने आंकलन गरिएको छ ।