विद्यार्थी नेता आचार्य माथी आक्रमण गरेको आरोपमा एक प्रकाउ
प्रकासित मिति : २०७७ मंसिर १९, शुक्रबार २१:४७
प्रकासित समय : २१:४७
कोहलपुर, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को भातृ संगठन अनेरास्ववियूका नेता लक्ष्मण आचार्य माथि आक्रमण गर्ने एक जनालाई प्रहरीले प्रकाउ गरेको छ ।संगठनको बाँके जिल्ला सचिबालय सदस्य तथा कोहलपुर नगर संयोजक समेत रहेका आचार्य माथि आक्रमण गर्नेलाई प्रकाउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा कोहलपुर नगरपालिका वडा नं. २ का विवेक सापकोटा रहेको ईलाका प्रहरी कार्यालय कोहलपुर प्रमुख प्रहरी नायव उपरिक्षक(डिएसपी) कुलदिप चन्दले बताए ।
सापकोटालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भईरहेको डिएसपी चन्दले बताए ।
बुधबार राती १० बजेतिर चौराहा नजिकै कोहलपुर नगरपालिकाको कार्यालय गेट नजिक नेता आचार्य माथि आक्रमण भएको थियो । घटना लगत्तै कोहलपुर प्रहरीको विशेष अनुसन्धानमा टोली खटिएको थियो ।