बलात्कार आरोपी छ वर्षपछि पक्राउ
प्रकासित मिति : २०७७ मंसिर १९, शुक्रबार १३:४४
प्रकासित समय : १३:४४
पाँचथर, प्रहरीले एक बलात्कार आरोपीलाई छ वर्षपछि पक्राउ गरेको छ । चौध वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका मिक्लाजुङ गाउँपालिका–२ का २५ वर्षीय उत्तम शेर्मालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार शेर्मा २०७१ असोज २१ गतेदेखि फरार थिए । सो अभियोगमा उनलाई जिल्ला अदालतले तीन वर्ष कैद सजायको फैसला गरेको छ ।गाउँमै लुकीछिपी बसेको अवस्थामा शेर्मालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
उनलाई जिल्ला अदालतको आदेशले कैद भुक्तानीका लागि जिल्ला कारागार चलान गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिएका छन् ।