रअ प्रमुखको भ्रमणले रिजल्ट ल्याइसक्योः मन्त्री ज्ञवाली
प्रकासित मिति : २०७७ मंसिर १९, शुक्रबार १३:३४
प्रकासित समय : १३:३४
काठमाडौं, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय गुप्तचर निकाय रअका प्रमुख समान्त गोयलको भेटले राम्रो नतिजा ल्याएको बताएका छन् ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा मन्त्री ज्ञवालीले यस्तो जनाएका हुन् । साथै, भारतसँग रहेको संवादहीनता अन्त्य भएको उनले दाबी गरेका छन्। सामन्त गोयलको भ्रमणले रिजल्ट ल्याइसक्यो, हामी त्यहीँ अडेका छौं माननीयज्यूहरू उनले भने उनि र अ प्रमुखको रूपमा नेपाल आएको होइन।
प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर आएका हुन । उनले गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको भेट अपारदर्शी नभएको बताए ।