गीताञ्जली बनिन् किड अफ द इयर

एजेन्सी, १५ वर्षीया वैज्ञानिक तथा आविष्कारिक गीताञ्जली राव टाइम म्यागजिनको पहिलो किड अफ द इय बनेकी छन्। कोलोराडो राज्यको डेनभरकी रावलाई टाइम म्यागजिनले यसै वर्षदेखि सुरू भएको किड अफ द इयर बनाएको हो।

मनोनित भएका ५ हजारमध्ये उनी अन्तिम पाँचमा छानिएकी थिइन् ।हास्य कलाकार तथा टेलिभिजन प्रस्तोता ट्रेभर नोआ रहेको कमिटीले अन्तिम पाँच जनाबाट गीताञ्जलीलाई किड अफ द इयर छानेको हो।गीताञ्जलीले पिउने पानीमा भएको रासायनिक तत्व लिडु पत्ता लगाउने डिभाइस बनाएकी थिइन्।

त्यस्तै उनले एप तथा साइबर बुलिङ अर्थात् अनलाइनमा हुने दुर्व्यवहार पत्ता लगाउने सफ्टवेयर समेत बनाएकी छन्।