ओलीले कार्यशैली नसुधारे दुवै पदबाट राजिनामा दिए हुन्छः माधब नेपाल

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा अध्यक्ष एवम्‌ प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच चर्को विवाद यथावत नै रहेको छ। प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच विवादमा रहेका अर्का महत्वपूर्ण व्यक्ति हुन् ।

सोही पार्टीका वरिष्ठ नेता एवम्‌ पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल। पार्टीभित्र विवादका क्रममा प्रधानमन्त्री ओलीको अमर्यादित व्यवहार भोगेका र उनको कार्यशैलीबाट रुष्ट नेता नेपाल यतिखेर अध्यक्ष दाहालसँग सहकार्यमा छन्‌।​ सत्ताधारी दलको गतिविधिबारे प्रश्‍न उठाउने प्रतिपक्षी दलको भूमिका यतिबेला प्रचण्ड-नेपालले गरिरहेका छन्। यही विवादलाई निकास दिन प्रधानमन्त्री ओलीले एक पदबाट बिदा हुनैपर्ने उनीहरूको अडान छ।

त्यसो त यसअघिको विवादमा पनि प्रचण्ड-नेपालले दुवै पदबाट ओलीको राजीनामा मागेपनि पार्टी संकटमा पुग्‍ने देखिएपछि अध्यक्ष दाहाल पछि हटेका थिए। नेपालको साथ पाइरहेका अध्यक्ष दाहाल प्रधानमन्त्री ओलीसँगको सहमतिमा ‘एक व्यक्ति, एक पद’को बटम लाइनबाट ब्याक भएका थिए। अध्यक्ष दाहालले त्यसबेला आफ्नो मुख्य बटमलाइनको बुँदालाई समावेश नगराएपछि नेपाल रुष्ट बनेका थिए।