मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक

काठमाडौं, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक भएको छ।

शुक्रबार बिहान मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक भएको हो। मुख्यमन्त्री राउतको फेसबुक पेजको प्रोफाइल फोटोमा एक जना युवती र कभर फोटोमा जंगल र ताल जस्तो देखिने तस्बिर देखाएको छ।

फेसबुक पेज कहाँबाट र कसरी ह्याक भयो भन्नेबारे छानबिन सुरु भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।