ओलीनिकट नेता सक्रिय
प्रकासित मिति : २०७७ मंसिर १९, शुक्रबार १२:०९
प्रकासित समय : १२:०९
काठमाडौं, सत्तारुढ दल नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरू सक्रिय भएका छन् । पार्टीका कार्यकारी अध्यक्षलाई सहमतिमा ल्याउन ओली निकट नेताहरु सक्रिय बनेका छन् ।
यसैक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल शुक्रबार बिहान प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन। ओलीको सन्देश लिएर उनी खुमलटार पुगेको प्रचण्डनिकट स्रोतले जनाएको छ । पोखरेल केही समय कुरा गरेर खुमलटारबाट बाहिरिसकेका छन् । उनीबीच के विषयमा कुरा भयो भन्नेबारे नखुलेको बताइएको छ ।
बिहिबार पनि महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि प्रचण्डसँग भेटवार्ता गरेका थिए । कुराकानीका क्रममा प्रचण्डले सहमतिमै अगाडि बढ्ने आश्वासन दिएका थिए । नेकपाको सचिवालय बैठक शनिबार दिउँसो १ बजे तय गरिएको छ ।