यसकारण भरतपुर कारागारको सुरक्षामा खटिएका दुई प्रहरी निलम्बित
प्रकासित मिति : २०७७ मंसिर १८, बिहीबार १७:२४
प्रकासित समय : १७:२४
काठमाडौं, चितवनको भरतपुर कारागारको सुरक्षामा खटिएका दुई जना प्रहरीलाई निलम्बन गरिएको छ । प्रहरी जवान अन्जन कार्की र सुरेश लामालाई अनुसन्धानका लागि निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्य बहादुर थापाले रातोपाटीलाई बताए ।कैदी रेशमलाल श्रेष्ठ भागेको घटनामा मिलेमतो गरेको आशंकामा जिल्ला प्रहरी कार्यालय चितवनले उनीहरुलाई निलम्बन गरेको हो । मंसिर ११ मा साँझ जबर्जस्ती करणी मुद्धाका ४५ वर्षीय रेशमलाल १५ फिट अग्लो पर्खाल नाघेर भागेका थिए ।
सो घटना छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको नेतृत्वमा छानविन समिति गठन गरिएको थियो । समितिले प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाइसकेको छ ।