नेपालमा थप १ हजार ३४३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, नेपालमा थप १ हजार ३४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ३४३ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ ।पछिल्लो २४ घण्टामा २ हजार १११ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख २० हजार २७२ स‌ंक्रमणमुक्त भएका छन् ।

आज कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५५१ पुगेको छ ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या १५ हजार ७६६ रहेको छ ।