सुर्खेतमा राजतन्त्रको पक्षमा बृहत प्रदशन

सुर्खेत, कर्णाली प्रदेश राजधानि बिरेन्द्रनगरमा राजतन्त्रको पक्षमा बृहत प्रदशन भएको छ । बिहिबार बिहान बिरेन्द्रनगरको कालिन्चोक देखि सुरु भएको प्रदशन खजुरा, मंगलगडि चोक, ऐरीचोक ,बाङगेसिमल , कालागाउँ हुदै बिरेन्द्रचोकमा आएर कोण सभामा परिणत भएको थियो ।

सो प्रदशनलाई स्वतन्त्र नागरिक समाज सुर्खेतको अगुवाइमा गरीएको थियो । राजा आउ देश बचाउ , गणतन्त्र मुर्दाबाद , गल्लीगल्लीमा हल्ला छ , राजा ल्याउने सल्लाह छ । जस्ता नारा लगाउदै सयौ युवा युबती , बुढापाखा ब्यक्तिहरुले प्रदशन गरेका हुन । प्रदशन तथा कोण सभाको संयोजकत्व स्वतन्त्र नागरिक समाजका केन्द्रीय सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टिका सह- महामन्त्री मुकुन्द श्याम गिरीले गरेका थिए ।

प्रदशनमा उपस्थित एक जना युवाले यसो भने देशमा भएको राजनैतिक बिवाद अनि भष्ट्रचार तिर्ब रुपमा बढेकोले कोरोना महामारीकै बिच हामिले देशब्यापी आन्दोलन थालेका हौँ । देशका विभिन्न सहरहरुमा बिगत केहिदिन देखि राजाको पक्षमा प्रदशन भईरहेका छन् ।