बाढीपीडितको लागी आएको राहत वडापालिकामै थन्कियो

जाजरकोट, जाजरकोटको बारेकोट गाउँपालीकामा बाढीपीडितको शिर्षकमा आएको राहत आजसम्म गोदाममै थन्किएको छ ।बारेकोट गाउँपालीका वडा ९ मा गत भदौमा बाढिपिडितलाई भनी आएको राहत स्वरुप चामल, दाल लगाएतको सामाग्री आजसम्म गोदाममै थन्किरहेको हो ।

कोरोना राहत को शिर्षकमा आएको राहत वितरण भएको र बाढिपिडितको शिर्षकमा आएको राहत बाढि पिडित एक दुईजना बाहेक कोहिलाई नदिएको वडा कार्यलयमा कार्यरत लेखापालले बताए । वडामा यो वर्ष बाढिपिडित ब्यक्तिहरु कोहि पनि नभएको र कुनै आवश्यक नभएकोले उक्त राहत वितरण नभएको उनले बताए।

आगामी आइतबार मात्र बैठकमा छलफल गरि सो राहत सामग्रीलाई यथोचित तवरले वितरण गर्ने जानकारी दिएका छन। थन्काईएको चामल तथा दाल कुहियर खान नमिल्ने अबस्थामा पुगिसकेको छ । गाउँपालिकाले निरन्तर अनुगमन तथा निरिक्षण नगरेका कारण यस्तो अबस्था निम्तिएको हो ।