अनेरास्ववियू कोहलपुर नगर संयोजक मानवमाथी खुकुरी प्रहार
प्रकासित मिति : २०७७ मंसिर १८, बिहीबार ०७:२६
प्रकासित समय : ०७:२६
कोहलपुर , बाँके नेपाल कम्युनिस्ट पार्टी (नेकपा )को विद्यार्थी संगठन अनेरास्ववियूका जिल्ला कमिटी सचिवालय सदस्य तथा कोहलपुर नगरपालिका संयोजक लक्ष्मण मानव माथी खुकुरी प्रहार भएको छ ।
बुधबार राती करिब १० बजेतिर कोहलपुर नगरपालिकाको कार्यलयको नजिक खुकुरी प्रहार गरिएको जनाइएको छ ।नेपालगन्जबाट फर्किएर घर जाने क्रममा उहाँमाथी प्रहार गरिएको हो ।
प्रहार टाउकोमा गरिएको छ । यो घटना कस्ले किन गर्यो भन्ने खुलेको छैन । केही समुहमा आएका गुण्डाहरुले प्रहार गरेर भागेका थिए । अहिले संयोजक मानवको स्थिति सामान्य छ । उहाँ ताजा राजनीति माथी पेचिलो टिप्पणी गर्नु हुन्थ्यो ।