प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद वैठक, के–के छन् एजेन्डा ?
प्रकासित मिति : २०७७ मंसिर १८, बिहीबार १४:१०
प्रकासित समय : १४:१०
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबा) र दिउँसो चार बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधामन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्राविधिकतर्फको सचिव बढुवाको कार्यसूची रहेको बताइएको छ ।
सचिव बुढुवाका लागि सिफारिस भएका सहसचिवमा पेमनारायण कँडेल, निरु दाहाल र कृष्ण आचार्य रहेका छन् । आजको बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।