नेपालगन्जबाट चौरजहारीका लागि छुटेको बस सल्यानमा दुर्घटना, २५ जना घाइते

नेपालगन्ज, नेपालगन्जबाट रुकुम(पश्चिम) चौरजहारीका लागि ३० जना यात्रु लिएर छुटेको यात्रुबाहक बस सल्यानमा दुर्घटना भएको छ । उक्त यात्रुबाहक बस दुर्घटनामा परी २५ जना घाईते भएका छन। घाइतेे मध्य ६ जनाको अबस्था गम्भीर रहेको बताइएको छ ।बुधबार नेपालगन्जबाट रुकुम चौरजहारीका लागि छुटेको ना ४ ख ६७१५ नम्बर यात्रुबाहक बस सल्यानकाे कुमाख गाउँपालिका वडा २ स्थित खारखाेलामा साँझ ४ बजे दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरिक्षक गोबिन्द थापाले जानकारी दिए ।

दुर्घटनामा परेका मध्य १० जनाको चौरजहारी अस्पतालमा उपचार भैराखेको छ भने घाईते भएका मध्य १५ जना यात्रुलाई थप उपचारका लागि नेपालगन्ज पठाइएकाे डिएसपी थापाले बताए ।