नेता पौडेललाई नियन्त्रणमा लिएकोमा भट्टराईको प्रश्न- ओली सरकारको के हो चाला ?
काठमाडौँ, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएकोमा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको आलोचना गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले पौडेललाई प्रहरीले नियन्त्रणमा लिएकोमा विरोध जनाउँदै ओली सरकारको के हो चाला भन्दै प्रश्न गरेका हुन् । राजावादीहरूलाई देशव्यापी वितण्डाको छुट तर गणतन्त्रवादीलाई निषेधाज्ञा र गिरफ्तार ? ओली सरकारको के हो चाला ? रामचन्द्र पौडेलकै पालामा बनेको पुल उद्घाटन गर्न सत्ताधारीहरूद्वारा किन रोक ? दालमा कालो देखियो है । भट्टराईले भनेका छन् । नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । तनहुँको व्यास नगरपालिका १ तालघरेबाट वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो । निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले नेता पौडेललाई नियन्त्रणमा लिएको हो ।

