नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु
प्रकासित मिति : २०७७ मंसिर १७, बुधबार १६:३४
प्रकासित समय : १६:३४
काठमाडौँ, नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५३८ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ४९० जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ ।