कांग्रेस वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा

काठमाडौँ, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।तनहुँको व्यास नगरपालिका १ तालघरेबाट वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो । निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले नेता पौडेललाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले बल प्रयोग गरेर आफूलाई नियन्त्रणमा लिएको भन्दै नेता पौडेलले कार्यकर्तामाथिको दमन बन्द गर्न माग पनि राखेका का छन् । ब्यास नगरपालिकाको वडा नं १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखेला पुल उद्घाटन गर्न वरिष्ठ नेता पौडेल गृहजिल्ला तनहुँ पुगेका थिए ।

तर, पुल उद्घाटन रोक्न भन्दै नेकपा निकट युवा संघको ब्यानरमा दमौलीमा विरोध जुलुस निकालिएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले उक्त क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा जारी रहँदा पनि पुल उद्घाटन गर्न पुगेपछि नेता पौडेललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।प्रशासनले आज साँझ ६ बजेसम्म निषेधाज्ञा लगाएको छ ।