चीनमा एउटै प्रान्तमा फाइब-जीका १७ हजार स्टेशन निर्माण
प्रकासित मिति : २०७७ मंसिर १७, बुधबार १५:१३
प्रकासित समय : १५:१३
चीन, चीनको दक्षिणपश्चिम गुइझाओ प्रान्तमा नोभेम्बर २९ सम्ममा तिब्र गतिको इन्टरनेट सेवा फाइब–जीका लागि १६ हजार ८५३ वटा आधारभूत स्टेशन निर्माण गरिएको छ ।
स्थानीय अधिकारीहरुले गुइझाओ प्रान्तमा औद्योगिक, पर्यटन, शिक्षा र अन्य क्षेत्रमा तिब्र गतिको फाइब–जी प्रविधि प्रयोग गर्ने लक्ष्यका साथ उक्त काम अघि बढेको बताएका छन् ।
प्रान्तको औद्योगिक उत्पादनलाई सघाउन तथा स्मार्ट औद्योगिक पार्क र सरकारी सेवालाई प्रभावकारी तुल्याउन फाइब–जी सेवालाई प्रयोगमा ल्याइने पनि अधिकारीहरुले बताएका छन् ।