नेकपाको सचिवालय बैठक स्थगित
प्रकासित मिति : २०७७ मंसिर १७, बुधबार १५:०५
प्रकासित समय : १५:०५
काठमाडौँ, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ ।
बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक २० मंसिर १ बजे बस्ने गरी स्थगित भएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थिति थिएनन् ।
योसँगै १८ गतेका लागि निर्धारित स्थायी समितिको बैठक र २५ गते बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक अन्योलमा परेको छ ।