७५ हजार घुससहित इन्जिनियर पक्राउ
प्रकासित मिति : २०७७ मंसिर १७, बुधबार १५:५५
प्रकासित समय : १५:५५
नुवाकोट, नुवाकोट बेलकोटगढी नगरपालिकामा कार्यरत इन्जिनियर पर्वत पौडेल घुस रकमसहित पक्राउ परेका छन् ।
उनलाई सेवाग्राहीसँग घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने प्रयोजनका लागि घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
उनले सेवाग्राहीसँग लिएको ७५ हजार रुपैयाँ होटल व्यवसायी नारायणप्रसाद भट्टलाई बुझ्न लगाएका थिए । सोही अवस्थामा पौडैल र भट्ट दुवै जनालाई पक्राउ गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् । उनका अनुसार घटनाबारे थप अनुसन्धान चलिरहेको छ ।