आगो ताप्दा जलेर एक महिलाको मृत्यु
प्रकासित मिति : २०७७ मंसिर १७, बुधबार ०९:०१
प्रकासित समय : ०९:०१
अर्घाखाँची, अर्घाखाँचीमा आगो ताप्ने क्रममा जलेर एक जनाको ज्यान गएको छ ।
पाणिनी गाउँपालिका–२ पोखराथोक बस्ने ७१ वर्षीया पुतली नेपालीको जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुूचना अधिकारी रामनाराण गुप्ताले जानकारी दिए ।
घरमा एकलै बस्दै आएकी उनलाई आगो ताप्दै गर्दा कपडामा आगो सल्किएको थियो । घरमा एक्लै भएकाले समयमै उद्वार हुन नपाएको प्रहरीले जनाएको छ