नेपालमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु
प्रकासित मिति : २०७७ मंसिर १६, मंगलवार १६:२५
प्रकासित समय : १६:२५
काठमाडौँ, नेपालमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ ।
यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५२९ पुगेको छ ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या १६ हजार ६३३ रहेको छ ।नेपालमा थप १ हजार ३०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ३०१ जनामा संक्रमण देखिएको हो ।