नेकपा सचिवालय बैठकमा केक काटियो
प्रकासित मिति : २०७७ मंसिर १६, मंगलवार १४:५३
प्रकासित समय : १४:५३
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु हुनुअघि प्रधानमन्त्री निवास बालुवाटारमा केक काटिएको छ ।पार्टी महासचिव अर्थमन्त्री विष्णु पौडेलको ६२औं जन्मदिनको अवसरमा बालुवाटारमा आज केक काटिएको थियो ।
पौडेललाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत सचिवालय सदस्य लगायतले केक खुवाउँदै जन्मदिनको शुभकामना व्यक्त गरेका थिए । केक काटेपछि बालुवाटारमा बैठक जारी छ । आजको बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले सचिवालय बैठकमा पेश गरेको अलग अलग राजनीतिक प्रतिवेदनमा छलफल हुने बताइएको छ ।
प्रचण्डले एकल रुपमा २८ कात्तिकको बैठकमा राजनीतिक प्रतिवदन पेश गरेपछि प्रधानमन्त्री केपी ओलीले १३ मंसीरमा जवाफी प्रतिवदन पेश गरेका थिए ।

