क्रोएसियाका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण
प्रकासित मिति : २०७७ मंसिर १६, मंगलवार १४:३३
प्रकासित समय : १४:३३
बेल्ग्रेड, क्रोएसियाका प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिक कोरोना सङ्क्रमित भएका छन् ।
गत शनिबार उनकी श्रीमतीलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्रीको पनि परीक्षण गरिएको थियो । उनलाई पनि सङ्क्रमण पुष्टि भएपछि अहिले उनी दश दिनका लागि सेल्फ आइसोलेसनमा बसेको अधिकारीहरुले जानकारी दिएका छन् ।
उनलाई पहिलो पटक परीक्षण गर्दा नेगेटिभ नै देखिएको थियो । तर स्वास्थ्यकर्मीहरूले फेरि परीक्षण गर्न सुझाव दिएपछि परीक्षण गर्दा पोजेटिभ देखिएको अधिकारीहरूले जनाएका छन् ।