स्कुटर दुर्घटना हुँदा एकको मृत्यु
प्रकासित मिति : २०७७ मंसिर १६, मंगलवार १३:५०
प्रकासित समय : १३:५०
भक्तपुर, मध्यपुरथिमि नगरपालिका–४ सानोठिमी एसओएस चोकमा स्कुटर दुर्घटना हुँदा मध्यपुरथिमि राधेराधे चोक बस्ने चालक २९ वर्षीय राजु तामाङको मृत्यु भएको छ ।
सानोठिमीबाट काठमाडौंँतर्फ जाँदै गरेको वा ७३ प ३८२ नम्बरको स्कुटर आफैंँ अनियन्त्रित भई पल्टिँदा घाइते भएका तामाङको उपचारका लागि नर्भिक अस्पताल थापाथली लैजाँदै गर्दा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिएको छ ।