खानतलासीमा परे चक्रे मिलन

काठमाडौं, गुण्डा नाइके चक्रे मिलन उर्फ मिलन गुरुङ प्रहरी खानतलासीमा परेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौं मातहत सिंहदरबारबाट खटिएको टोलीले शुक्रबार भद्रकालीअगाडिको चेकप्वाइन्टमा मिलन चढेको कार रोकेर तलासी लिएको एक उच्च अधिकृतले बताएका छन् ।

तलासी लिँदा अवैध सामानहरु फेला नपरेपछि प्रहरीले छोडेको थियो ।हालै काठमाडौं प्रहरी प्रमुखमा एसएसपी अशोक सिंह सरुवा भएर आएका छन् । उनले उपत्यकामा गुण्डा नाइकेहरुमाथि निगरानी बढाएका छन् ।