सत्तारुढ नेकपाको सचिवालय बैठक सुरु

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।यसअघि बसेको बैठकले आजको बैठक पार्टी मुख्यालय धुम्बाराईमा बस्ने तय गरेको थियो । तर स्रोतका अनुसार सुरक्षा खतराको कारण देखाउँदै नेताहरुले धुम्बाराहीबाट पुनः बालुवाटार नै बैठक सारेका हुन् । हाल बैठक जारी रहेको एक नेताले जानकारी दिए ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २८ कात्तिकको बैठकमा र अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले १३ मंसीरमा बसेको सचिवालय बैठकमा पेश गरेको अलग अलग राजनीतिक प्रतिवदनमा छलफल हुने बताइएको छ ।