नेकपा सचिवालय बैठक बालुवाटारमै बस्ने

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बालुवाटारमा नै बस्ने भएको छ ।

यसअघि बसेको बैठकले आजको बैठक पार्टी मुख्यालय धुम्बाराईमा बस्ने तय गरेपनि अन्तिम समयमा बैठकलाई पुनः प्रधानमन्त्री निवास बालुवाटारमा नै सारिएको हो । बैठक आज एक बजे बस्नेछ ।

अध्यक्ष पुष्पकमल दाहालले २८ कात्तिकको बैठकमा र अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले १३ मंसीरमा बसेको सचिवालय बैठकमा अलग अलग राजनीतिक प्रतिवदन पेश गर्दै एक अर्कोमा कडा आरोप लगाएका थिए । आजको वैठकमा दुवै प्रतिवेदनहरुमाथि छलफल हुनेछ । यसपटकको वैठक केही दिन लम्बिन सक्ने नेताहरुले बताएका छन् ।