अछामको पञ्चदेवल बिनायक नगर प्रमुख देवकोटालाई कोरोना पुष्टि

अछाम, अछामको पञ्चदेवल बिनायक नगरपालिकाका प्रमुख देवराज देवकोटालाई कोरोना संक्रमण पुष्टि भएको छ ।कमलबजारको पिसिआर परिक्षण प्रयोगशालामा भएको परिक्षणमा नगर प्रमुख देवकोटालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

हाल उनले स्वास्थ स्वास्थ्य अस्वस्था सामान्य रहेको र सेल्फ क्वारेन्टाइनमा बसिरहेको बताएका छन ।

कन्ट्याक्ट् ट्रेसिङका आधारमा नगरपालिकाका अन्य जनप्रतिनिधि, कर्मचारी र अन्य ब्यक्तिहरुको पनि परिक्षण गरिने नगरपालिकाले बताएको छ ।

पञ्चदेवल बिनायक नगरपालिकाले आज एक सुचना निकालेर स्वास्थ्य सेवा बाहेकका अन्य सवै कामकार्वाही अर्को सुचना नआउनजेल सम्मको लागि पुर्ण रुपले बन्द रहने जनाएको छ । ।