कर्णाली प्रदेश राजधानीमा निर्माण भएको बसपार्क नौ बर्षपछि संचालन

सुर्खेत, कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा निर्माण भएको बसपार्क आजदेखि संचालनमा आएको छ । सोमबार सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको उपस्तिथीका बिच उद्घाटन गरीएको हो । बिगत लामो समयदेखि अस्तब्यस्त रहेको बसपार्क करिब ९ बर्षपछि संचालन भएको एकजना गाडि चालकले बताएका छन् । केहि बर्षदेखि मंगलगढि चोक नजिक रहेको साघुरो मैदानमा गाडि थन्काउनु पर्ने अबस्था रहेको थियो । उक्त समस्या केहि हतसम्मा निराकरण भएको स्थानिय बासिन्दाहरुको भनाई रहेको छ ।

अहिले संचालनमा आएको बसपार्क पनि दिगो नभएको र दिगो सोचका साथ निर्माण नभएको स्थानियको गुनासो रहेको छ । सानो र साघुरो ठाउँमा निर्माण भएको बसपार्कमा अहिलेनै सवारी साधन अटाउने अबस्था नरहेको र बसपार्क नजिक ओहोर दोहोर गर्ने सडकपनि जिर्न रहेको छ । पुरानो सवारी साधन पार्क गरीने क्षेत्र अहिले सुनसान बनेको छ ।