भौतिक उपस्थितिमै पठनपाठन सुरू गर्ने त्रिविको तयारी
काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सुरू गर्ने तयारी थालेको छ ।कोरोनाका कारण विश्वविद्यालयले सञ्चालन गरेको अनलाइन कक्षामा सबै विद्यार्थीको पहुँच नपुगेपछ स्वास्थ्य साबधानी अपनाएर भौतिक उपस्थितिमै कक्षा सुरू गर्न लागिएको हो ।
विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा.शिवलाल भुसालका अनुसार भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न धेरै क्याम्पसहरू तयार भएपछि स्वीकृति दिइएको छ ।धेरैजसो काठमाडौँ उपत्यका बाहिरका क्याम्पसले अनुमति पाए कक्षा सञ्चालन गर्न सक्ने जनाएका थिए ।
जुम्ला, भोजपुरलगायतका जिल्लाबाट क्याम्पस सञ्चालनको अनुमति मागिएपछि स्वास्थ्य साबधानी अपनाएर पठनपाठन सुरू गर्न अनुमती दिइएको भुसालले जानकारी दिए ।विश्वविद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने निर्णय गरे पनि हाल सञ्चालित अनलाइन कक्षालाई समेत निरन्तरता दिने जनाएको छ ।