कोहलपुर जेसिजको १३ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे
प्रकासित मिति : २०७७ मंसिर १३, शनिबार १५:४९
प्रकासित समय : १५:४९
कोहलपुर, कोहलपुर जेसिज बर्ष २०२१ को अध्यक्षमा राम प्रसाद पाण्डे चयन भएका छन् ।
शनिबार सम्पन्न जेसिजको १३ औं अधिवेशनबाट पाण्डे सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
जेसिजको कार्यकारिणी उपाध्यक्षमा हरिकृष्ण आचार्य, विक्रम भुषाल चयन भएका छन् भने उपाध्यक्षमा मञ्जु भण्डारी, गणेश विष्ट, दिपेन्द्र कठायत र कृतिका आचार्यलाई चयन गरिएको छ ।
त्यस्तैगरी महासचिवमा इश्वरी प्रसाद शर्मा, कोषाध्यक्षमा धुर्ब आचार्य र कानुनी सल्लहाकारमा राज कुमार पौडेल चयन भएका छन् ।
कोहलपुर जेसीज २०२० का अध्यक्ष संगम खनालको अध्यक्षतामा सम्पन्न भएको कार्य्रक्रममा, जेसिजका पुर्व अध्यक्ष बिष्णु बेल्वासे लगायत जेसीज प्रेमीहरुको सहभागिता रहेको थियो ।

