रूकुममा जन्ती सवार जीप दुर्घटना, ४ जनाको मृत्यु
प्रकासित मिति : २०७७ मंसिर १३, शनिबार ०७:५८
प्रकासित समय : ०७:५८
रूकुम, रूकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।शुक्रबार बेलुकी साढे ८ बजेतिर आठबीसकोट नगरपालिका–७, दाजेमा रा १ ज ५८९ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दर्घटनामा कलिभान नेपाली, ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा वडा नं. ८ कै ५८ वर्षीय लालबहादुर नेपाली गम्भीर घाइते भएको जिल्ला प्रहरी प्रमुख, डीएसपी ठगबहादुर केसीले जानकारी दिए ।आठबीसकोट नगरपालिका वडा नं. ८ को दाजेबाट १०/१२ जना जन्ती बोकेर वडा नं. १० को घारीखोला फर्किरहेको जीप दुर्घटना भएको हो ।जीप चालक डिल्लीबहादुर नेपाली फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।