कालिकोटको दलित वस्तिमा भिषण आगलागी

कालिकोट, कालिकोट जिल्लाको तिलागुफा– ४ राँचुलिको दलित वस्तिमा आगलागि भएको छ ।

फाईल तस्विर

शनिवार बिहान करिब ६ बजेको समयमा एक स्थानिको घरमा बालिएको चुलोको आगो घरमा सल्लिदा आगलागि भएको हो ।

उक्त आगलागी बाट स्थानियका ४ वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी चन्द्र बहादुर शाहले जानकारी दिए ।

बिहानमो समयमा एक स्थानीयको चुलोमा बालिएको आगो घरमा सल्किएपछि छिमेकमा रहेका तीन वटा घरमा समेत आगो सल्लकिएको थियो । उक्त आगलागिबाट गोठमा रहेका गाईगोरु जलेर मरेका छन, भने कुनै पनि किसिमको मानविय क्षेति भने नभएको डिएसपी शाहले बताए ।

अहिले आगो स्थानीयले नियन्त्रणमा लुइकेका छन् । आगलागी भएका घरहरुमा १० बटा परिवार बस्दै आएको स्थानीयले जानकारी दिएका छन् ।