नेपालमा थप १ हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि
प्रकासित मिति : २०७७ मंसिर १२, शुक्रबार १६:२७
प्रकासित समय : १६:२७
काठमाडौँ, नेपालमा थप १ हजार ७०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ७०३ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ ।पछिल्लो २४ घण्टामा १ हजार २३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ९ हजार ४३५ जना संक्रमणमुक्त भएका छन् ।
आज कोरोनाबाट थप २३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४३५ पुगेको छ ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या १७ हजार २३७ रहेको छ ।