नेपालमा कोरोनाबाट थप २३ जनाको मृत्यु
प्रकासित मिति : २०७७ मंसिर ११, बिहीबार १६:२६
प्रकासित समय : १६:२६
काठमाडौँ, नेपालमा कोरोनाबाट थप २३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४१२ पुगेको छ ।
नेपालमा १ हजार ६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ६१४ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ ।पछिल्लो २४ घण्टामा १ हजार ४३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ९ हजार ४३५ जना संक्रमणमुक्त भएका छन् ।