मोरङमा थप दुई संक्रमितको मृत्यु

मोरङ, मोरङमा थप दुई संक्रमितको मृत्यु भएको छ । मोरङको लेटाङ र रतुवामाईका संक्रमित दुई वृद्धको मृत्यु भएको हो ।लेटाङका पुरुषको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा र रतुवामाईका पुरुषको होम आइसोलेसनमा मृत्यु भएको हो ।

लेटाङ नगरपालिका–२ का ७० वर्षीय वृद्धको बिहीबार बिहान ज्यान गएको छ । अस्पतालका ब्यवस्थापक नारायण दाहालका अनुसार कोरोजना पोजिटिभ आएपछि उनलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो ।श्वासप्रश्वास, खोकी लाग्ने तथा ज्वरोको समस्या देखिएका उनको भेन्टिलेटरमा राखेर उपचार गराउँदै गर्दा मृत्यु भएको दाहालले जानकारी दिए ।

रतुवामाई नगरपालिका–८ का कोरोना संक्रमित ८० वर्षीय वृद्धको बुधबार राति होम आइसोलेसनमै मृत्यु भएको छ ।रतुवामाई नगरपालिकाका मेयर रविन राईले कोरोना पुष्टि भए पनि आफ्नै घरमा बसिरहेका वृद्धको राति १० बजेतिर ज्यान गएको जानकारी दिए ।उनका अनुसार सामान्य रुघाखोकी लागेपछि वृद्धको पीसीआर परीक्षण गराउँदा मंसिर १ गते रिपोर्ट पोजिटिभ आएको थियो ।