विभिन्न पार्टी परित्याग गरी सत्तारुढ नेकपामा प्रवेश गर्नेको लहर

नेपालगन्ज, बाँकेमा विभिन्न पार्टी परित्याग गरी करिब ३ सयको हाराहाराहारीमा नेता तथा कार्यकर्ता सत्तारूढ नेकपामा प्रवेश गरेका छन् ।बुधबार बाँकेको डुडुवा गाउँपालिकामा एक अौपचारिक कार्यक्रमका बिच विभिन्न पार्टीमा आबद्ध करिब ३ सय बढी नेता तथा कार्यकर्ताहरु पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी(नेकपा)मा प्रवेश गरेका हुन ।नेपाली काङ्ग्रेस, जनता समाजबादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका बाट तीनसय बढी नेता तथा कार्यकर्ताहरु नेकपामा प्रवेश गरेको सत्तारूढ नेकपाका डुडुवा गाउँपालिका अध्यक्ष शकिल खानले जानकारी दिए ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) डुडुवा गाउँपालिकाले दशै, तिहार, नेपाल सम्बत, मोहम्मद डे तथा छठ पर्वको उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा उनिहरु पार्टी प्रवेश गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद महेश्वर गहतराज ‘अथक’ ले नवप्रवेशीहरुलाई अबिर तथा माला लगाइदिएर स्वागत गरेका थिए ।कार्यक्रममा संघीय सांसद महेश्वर गहतराज ‘अथक’, नेकपाका केन्द्रिय सदस्य तथा मुस्लिम इत्तेहाद संगठनका केन्द्रिय संयोजक सेराज फारुकी, केन्द्रिय सदस्य मोहम्मद हारुन हल्वाई, हज कमिटीका पुर्व अध्यक्ष ताज मोहम्मद, लुम्बिनी प्रदेशका कृषि तथा भुमिसुधार मन्त्री आरती पौडेल, नेकपाका जिल्ला सचिब अशोक कोइराला लगायतका जिल्लाका नेताहरुले शुभकामना व्यक्त गरेका थिए ।