उपत्यकामा ८३५ जना कोरोना संक्रमित

नेपालमा ३ हजार १४० जना कोरोना संक्रमणमुक्त

काठमाडौँ, काठमाडौं उपत्यकामा ८३५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६३५, ललितपुरमा ११३ र भक्तपुरमा ८७ जनामा संक्रमण देखिएको हो ।आज देशभर १ हजार ९४८ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार १४० जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७ हजार ९९८ जना स‌ंक्रमणमुक्त भएका छन् ।