उपत्यकामा ८३५ जना कोरोना संक्रमित
प्रकासित मिति : २०७७ मंसिर १०, बुधबार १६:५८
प्रकासित समय : १६:५८
काठमाडौँ, काठमाडौं उपत्यकामा ८३५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६३५, ललितपुरमा ११३ र भक्तपुरमा ८७ जनामा संक्रमण देखिएको हो ।आज देशभर १ हजार ९४८ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार १४० जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७ हजार ९९८ जना संक्रमणमुक्त भएका छन् ।